२०८२ जेठ ८, बुधवार , ०१:१५:४६ बजे

Sajhamanch
'

बिउवा संघको निर्वाचन : मिसमास परिणाम

बुधवार, फागुन १६, २०८०

बिर्तामोड । फागुन १४ गते मतलान भएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको मत गणना आज बिहान सकिएको छ । जसअनुसार लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका राजु न्यौपाने २ हजार २२५ मत प्राप्त गरी निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का प्रत्यासी स्वतन्त्र ब्यवसायिक प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५२० मत प्राप्त गरी ७०५ मतान्तरले पराजित भए ।

संघको १९ पदका लागि एक स्वतन्त्रसहित ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आज बिहान घोषणा गरिएको मत परिणाम अनुसार निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्य स्वतन्त्र ब्यवसायिक प्यानलका र अध्यक्षसहित १२ पदमा लोकतान्त्रिक प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र ब्यवसायिक प्यानलका राजकुमार घिमिरे (राजु) १ हजार ८२६ मतका साथ निर्वाचित भए भने उनका प्रतिस्पर्धी सञ्जीव घिमिरेले १ हजार ७८१ मत प्राप्त गरे । यस्तै उद्योग उपाध्यक्षमा विशाल थापाले २ हजार १०३ मत ल्याएर निर्वाचित हुँला उनका प्रतिस्पर्धी ओमप्रकाश श्रेष्ठले १ हजार ४७३ मत पाए ।

संघको वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का १ हजार ९२१ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गंगाप्रसाद मैनालीले १ हजार ६१९ मत पाए । जनसम्पर्क उपाध्यक्षमा स्वतन्त्र ब्यवसायिक प्यानलका गोमा भट्टराई १ हजार ८१६ मतका साथ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राधिका चुडाल हुमागाई १ हजार ७५१ मत पाइन् ।

महासचिवमा कुशल खतिवडा २ हजार ११९ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी कृष्ण पौडेल १ हजार ४९४ मत ल्याई उपविजयी भए । यस्तै, उद्योग सचिवमा पुकार बराल १ हजार ९९५ मतका साथ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी बलबहादुर लिम्बु (बिशन)ले १ हजार ५७१ मतमा चित्त बुझाउनु पर्यो ।

संघको वाणिज्य सचिवमा राजकुमार साहले १ हजार ८५५ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कृष्णप्रसाद चापागाई १ हजार ७१६ मत प्राप्त गरी उपविजयी बने । कोषाध्यक्षमा स्वतन्त्र ब्यवसायिक प्यानलका युवराज निरौलाले १ हजार ८८६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी दिपक मित्तल १ हजार ६११ मतमा चित्त बुझाउन बाध्य भए ।

संघको सह–कोषाध्यक्षमा तिलोतम खत्री १ हजार ८२७ मत ल्याएर निर्वाचित भएकी छिन् भने प्रतिस्पर्धी निशा सोनी कर्णले १ हजार ६३५ मतमात्र पाइन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको तीन वर्से कार्यकालको लागि निर्वाचित भएका खुल्ला सदस्यहरु अनन्तलाल महतोले १ हजार ७६३, कृष्णप्रसाद बजगाईले १ हजार ६६८, केदार खनालले १ हजार ५४५, डिल्लीराम कोइरालाले १ हजार ५६१, दिनेश श्रेष्ठले १ हजार ६७२, रमेश घिमिरेले १ हजार ८०१, सत्रुघनप्रसाद गुप्ताले १ हजार ५२० मत पाएर विजयी भए ।

यसैगरी महिला सदस्य पदमा सुशिलाकुमारी कार्की १ हजार ७५७ र सुश्मा उप्रेती सुवेदी १ हजार ६९५ मतका साथ निर्वाचित भएका छन् ।

सम्बन्धित खबर