२०८१ पौष २७, शनिवार , ०७:२१:५० बजे

Sajhamanch
'

प्यालेस्टाइनका प्रधानमन्त्रीले दिए राजीनामा

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् ।

यो निर्णय गाजापट्टीमा प्यालेस्टाइनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमका कारण रहेको उनले बताए ।

श्तायेहको सरकार सन् २०१९ अप्रिलमा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । सरकारलाई प्यालेस्टाइनी मेलमिलाप र निर्वाचनको तयारीको जिम्मा दिइएको थियो ।

मङ्गलवार, फागुन १५, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर