
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने उद्योगी व्यापारीहरूको संस्था बिर्तामोड उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि आज फागुन १४ गते निर्वाचन सम्पन्न भएको छ।
उद्योग वाणिज्य सङ्घको कार्यालय रहेको अतिथि सदनमा भएको निर्वाचनमा ७२% मतदान भएको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार पाँच हजार ६७३ जना मतदातामध्ये ४ हजार ९५ जनाले मतदान गरेका छन् ।
१९ पदका लागि सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने नेतृत्वको लोकतान्त्रिक व्यावसायिक प्यानलका १८ जना, महासचिव अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलका तर्फबाट सबै पदमा १८ जना र सदस्य पदमा अर्का व्यवसायी समिल राईले उम्मेदवारी दिएका छन्।
मतगणना आजै राति नियमहरू बनाएर सुरु गर्ने जनाइएको छ । यद्यपि सो विषयमा निर्वाचन समितिले के तयारी गरेको छ भन्नेबारे सार्वजनिक गरिएको छैन। ।