काठमाडौं । अमेरिकी वायुसेनाका एक सदस्यले आइतबार वासिङ्टन डीसीस्थित इजरायली दूतावासबाहिर आफैँलाई आगो लगाएका छन् ।
अमेरिकी गोप्य सेवा एजेन्ट र वासिङ्टन मेट्रोपोलिटन प्रहरीले ती पुरुषको उद्धार गरेका छन् ।
आरोन बुसनेल नाम भनिएका ती पुरुषले ‘म अब नरसंहारमा संलग्न हुने छैन, प्यालेस्टाइनलाई स्वतन्त्र छोड्नुहोस्– फ्रि प्यालेस्टाइन’ भन्दै आफैँलाई आगो लगाएको सीएनएनले उल्लेख गरेको छ । घटनापछि अस्पताल भर्ना भएका ती पुरुषको स्थिति गम्भीर छ ।
गत वर्षको अक्टोबर ७ यता इजरायल र प्यालेस्टाइनबीच युद्ध जारी छ । हमासको आक्रमणमा परेर इजरायलमा करिब १२ सयको को ज्यान गएको थियो ।
त्यसयता गाजामा इजरायलले गरिरहेको आक्रमणमा ३० हजार भन्दा बढी प्यालेस्टाइनीको ज्यान गइसकेको छ ।