काठमाडौं । एलेक्सी नाभाल्नीको शव उनकी आमालाई जिम्मा लगाइएको छ । नाभाल्नीका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले यस्तो जनाएको छ ।
शवलाई ‘गोप्य’ तरिकाले गाड्न उनकी आमा सहमत भएपछि जिम्मा लगाइएको हो ।
सामाजिक सञ्जाल एक्समा प्रवक्ता किरा यार्मिशले नाभाल्नीको शव माग्न आवाज उठाउने विश्वभरका मानिसप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
उनले अन्त्येष्टि हुन भने बाँकी रहेको बताएकी छन् । रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको फेब्रुअरी १६ मा साइबेरियाको एक जेलमा मृत्यु भएको थियो ।