२०८१ पौष २७, शनिवार , ११:४६:०० बजे

Sajhamanch
'

एनएमसीको सामाजिक योगदानमा मेरो एक रुपियाँ अभियान अन्तरगत ५८ जना विद्यार्थीलाई पोशाक वितरण

शुक्रवार, फागुन ११, २०८०

शिवसताक्षी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तरगतको दूधे सेवाकेन्द्र र दुधेस्थित बालज्योति आधारभूत विद्यालयको संयुक्त पहलमा विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ ।

आज दूधेस्थित बालज्योति आधारभूत विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई एनएमसी र विद्यालयद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रमका बीच उक्त पोशाक वितरण गरिएको हो ।

एनएमसीले सामाजिक गतिविधिहरु मध्येको सामाजिक योगदानमा मेरो एक रुपियाँ अभियान अन्तगरत बचत भएको रकमबाट उक्त कार्य गरिएको संस्थाका सञ्चालक समिति सदस्य दुर्गाप्रसाद भट्टराईले जनाएका छन् ।

झापा, मोरङ र इलाम जिल्लालाई कार्यक्षेत्र बनाएको एनएमसीले वित्तीय क्षेत्रमा मात्र नभई चारवटा अन्य व्यवसायहरु पनि सफलतापूर्वक सञ्चालन गरिरहेको छ । संस्थाले सामाजिक क्षेत्रमा पनि रचनात्मक कामहरु गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष देवीप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुप्रसाद अधिकारीको रहेको थियो ।

एनएमसी दूधे सेवाकेन्द्रका प्रमुख भक्तिप्रसाद भण्डारीले कार्यक्रमको सञ्चालन गर्दै सामाजिक योगदानमा मेरो एक रुपियाँ अभियानको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई विद्यालयका शिक्षक सुशिला प्रसाईंले शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर