२०८१ माघ १३, आइतवार , ०५:२०:४७ बजे

Sajhamanch
'

चन्द्रमामा यान अवतरण गराएर अमेरिकी कम्पनीले बनायो इतिहास

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । एक अमेरिकी कम्पनी चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउन सफल भएको छ । अमेरिकाको ह्युस्टन आधारित इन्ट्युटिभ मेसिन कम्पनीले चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गराएको हो ।

यान अवतरण गरेको पुष्टि गर्न केही समय लागेको थियो । त्यसपछि भने सहजै सिग्नल प्राप्त भएको छ ।

मिसनका उडान निर्देशक टिम क्रेनले भने, “हाम्रो उपकरण चन्द्रमाको सतहमा अवतरण भएर सूचना ट्रान्समिट गरिरहेको छ ।”

यो सफलतासँगै कम्पनीका कर्मचारीले ताली बजाउँदै खुसी मनाएका थिए । सफलतालाई अन्तरिक्षको व्यावसायिक विस्तार मात्र नभएर अमेरिकी अन्तरिक्ष मिसनका निम्ति पनि महत्त्वपूर्ण मानिएको छ ।

अमेरिका सन् १९७२ को अपोलो मिसनयता चन्द्रमामा पुगेको थिएन । अहिले त्यहाँको निजी कम्पनीले चन्द्रमामा यान अवतरण गराएको हो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रशासक बिल नेल्सनले इन्ट्युटिभ मेसिनलाई बधाई दिँदै भनेका छन्, “अमेरिका चन्द्रमामा फर्कियो ।”

शुक्रवार, फागुन ११, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर