२०८१ पौष २७, शनिवार , ०८:५२:५८ बजे

Sajhamanch
'

पाकिस्तानमा सरकार बनाउन दुई दलबीच सहमति, शहबाज सरिफ प्रधानमन्त्री बन्दै

बुधवार, फागुन ९, २०८०

काठमाडौं । पाकिस्तानमा दुई प्रमुख राजनीतिक दलबीच गठबन्धन सरकार गठन गर्ने औपचारिक सहमति भएको छ । आवश्यक बहुमत पुगेपछि पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएलएन)ले सरकार गठन गर्ने भएका हुन् ।

पीएमएलएनका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शहबाज सरिफले मंगलबार यस्तो जानकारी दिए ।

इस्लामावादमा पत्रकार सम्मेलनका क्रममा सरिफसँगै बसेका पूर्वविदेशमन्त्री एवं पीपीपीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले सरिफ प्रधानमन्त्री बन्ने सहमति भएको बताए ।

उनले आफ्ना बुवा आसिफ अली जर्दारी गठबन्धनबाट राष्ट्रपतिको उमेदवार हुने बताए ।

अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफका कान्छा भाइ समेत रहेका शहबाज सरिफले पीएमएलएन र पीपीपीको गठबन्धनलाई अन्य साना दलको पनि समर्थन रहेको बताए ।

पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का स्वतन्त्र उठेर जितेका ९३ उमेदवारले यसको विरोध गरेका छन् ।

फेब्रुअरी ८ मा भएको निर्वाचनमा पीएमएलएनले ७९ र पीपीपीले ५४ सिट जितेको छ । अन्य चार साना दलसँग मिलेर यी दुई पार्टीले सहजै बहुमतका साथ सरकार गठन गर्न सक्छन् ।

पाकिस्तानमा सरकार बनाउन पार्टी वा गठबन्धनलाई राष्ट्रियसभामा निर्वाचित २६६ सदस्यमध्ये १३४ सदस्य वा सिट चाहिन्छ ।

सम्बन्धित खबर