२०८१ असोज ४, शुक्रवार , ०८:१९:३९ बजे

Sajhamanch
'

दोस्रो सन्तानको रुपमा विराट-अनुष्कालाई पुत्रलाभ

बुधवार, फागुन ९, २०८०

विराट कोहली र अनुष्का शर्मा फेरि अभिभावक बनेका छन् । अनुष्काले फेब्रुअरी १५ मा छोरालाई जन्म दिएकी हुन् । यो दम्पतीले सामाजिक संजालमार्फत आफूहरुले दोस्रो सन्तानलाई स्वागत गरेको जनाएका छन् ।

दम्पतीले छोराको नाम अकाय राखेका छन् । यसको अर्थ निराकार वा पूर्णिमा वा पूर्णिमाको प्रकाश भन्ने हो । उनीहरुको पहिलो सन्तानको रुपमा छोरी वामिका छिन् ।दोस्रो सन्तानबारे जानकारी दिँदै विराट-अनुष्काले भनेका छन् स् हामीलाई तपाईंहरुको प्रार्थना चाहिन्छ । कृपया यस समयमा हाम्रो गोपनीयताको ख्याल राखिदिनुहोला ।’

केही दिनअघि दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डिभिलियर्सले आफ्नो युट्युब लाइभ स्ट्रिममा कोहली बुवा बन्ने खबर खुलाएका थिए । एबीले उक्त अन्तर्वार्तामा कोहली बुवा बन्न लागेको र जसको कारण इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिजबाट ब्रेक लिएको बताएका थिए ।

सम्बन्धित खबर