२०८१ माघ २६, शनिवार , ०४:३२:३९ बजे

Sajhamanch
'

परराष्ट्रमन्त्री साउद आज भारत जाने

बुधवार, फागुन ९, २०८०

काठमाडौं।परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्ने भएका छन्।

मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नयाँदिल्लीमा रहँदा उनले भारत सरकारका साथै सहभागी अन्य देशका उच्चस्तरीय व्यक्तिसँग पनि भेट गर्नेछन्।रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउण्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

सम्बन्धित खबर