२०८१ पौष २८, आइतवार , ०५:४०:४८ बजे

Sajhamanch
'

हुथी क्षेप्यास्त्र आक्रमणले बेलायती जहाजमा क्षति

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । यमनको हुथी समूहले अडेनको खाडीमा रहेको बेलायती जहाजमा मिसाइल प्रहार गरेको बताएको छ ।

आफ्नो नौसैनिक सेनाले अडेनको खाडीमा रहेको बेलायती जहाज रुबिमारमा धेरै मिसाइलहरू प्रहार गरेको दाबी गरेको हो । हुथी सेनाका प्रवक्ता याह्या सारियाले आफ्नो समूहको स्याटेलाइट टीभी च्यानल अल–मासिराहद्वारा प्रसारित टेलिभिजन बयानमा उक्त दाबी गरेका हुन् ।

हुथी समूहले गाजामा (इजरायली) आक्रमण नरोक्दासम्म लाल सागर र एडेनको खाडीमा आफ्ना आक्रमणहरू नरोकिने बताएको छ । प्रवक्ताले आफ्नो समूहले हुथीको नियन्त्रणमा रहेको होडेडाह बन्दरगाह सहरमा अमेरिकी एमक्यु ९ ड्रोनलाई खसालेको दाबी गरे ।

बेलायती सामुन्द्रिक एजेन्सीले उक्त जहाजमा आक्रमण आइतबार हुथी नियन्त्रित होदेइदाह बन्दरगाह सहरको दक्षिणमा रहेको अल–मुखाबाट ३५ नटिकल माइल दक्षिणमा भएको बताएको छ । आक्रमण गरिएको जहाज बेलायती दर्ता गरिएको कार्गो बल्क हो ।

मङ्गलवार, फागुन ८, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर