२०८१ माघ १२, शनिवार , १०:१२:५३ बजे

Sajhamanch
'

मंगोलियामा ४९ वर्षपछि भारी हिमपात : चिसोले ६ लाख ६७ हजार पशु मरे

मङ्गलवार, फागुन ८, २०८०

उलान बातोर । यो वर्षको हिउँदमा मंगोलियामा कीर्तिमानी हिमपात भएको छ । त्यो सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका निम्ति राष्ट्रिय एजेन्सीले मंगलबार जनाएको छ ।

यो हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ ।

मंगोलियाका लगभग सबै प्रान्तमा बारम्बार भारी हिमपात भएको छ । बारम्बार हिमपातका कारण यो हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ ।

देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ । सोमबारसम्म मंगोलियामा अत्यधिक चिसो मौसमका कारण मर्ने पशुको संख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ ।

मंगोलिया संसारको ‘नोमाडिक’ देशहरूमध्ये एक हो । यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने हुन्छ ।

मङ्गलवार, फागुन ८, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर