![](https://sajhamanch.com/wp-content/uploads/2024/02/2024-02-08T103552Z_515629135_RC2AY5AYI5S9_RTRMADP_3_ISRAEL-PALESTINIANS-SHIPPING-GERMANY-YEMEN-1708350917_JlFru6S37I.jpg)
युरोपेली संघ (ईयू) ले लाल सागरमा कार्गो जहाजहरूलाई यमनका हुथी विद्रोहीहरूको आक्रमणबाट जोगाउन नौसेना अभियान शुरु गरेको छ ।ईयुका अन्तर्राष्ट्रिय साझेदारहरुसँग मिलेर लाल सागरमा भइरहेको आक्रमणलाई ध्यानमा राखि नौसेना तैनाथ गर्ने निर्णय गरेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनलाई उदृत गर्दै अलजजिराले जनाएको छ । ईयुले संकट समाधानका लागि युरोपेली देशहरुको बलियो उपस्थिति रहने विश्वास व्यक्त गरेको खबरमा उल्लेख छ ।
नौसेना मिसनले लाल सागर, अडेनको खाडी र वरपरका पानीजन्य ठाँउमा हुनसक्ने आक्रमणको प्रारम्भिक चेतावनी दिने प्रणालीहरू युरोपेली युद्धपोत र वायुजनित यन्त्र पठाउनेछ । अहिलेसम्म, फ्रान्स, जर्मनी, इटाली र बेल्जियमले जहाजहरू उपलब्ध गराउने विषयमा छलफल गरिसकेका छन् ।