२०८१ पौष २८, आइतवार , ०५:५०:०४ बजे

Sajhamanch
'

पपुवा न्युगिनीको पहाडी इलाकामा जातीय भिडन्त ६४ जनाको मृत्यु

सोमवार, फागुन ७, २०८०

सिड्नी । पपुवा न्युगिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

पपुवा न्युगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एंगा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ । सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन् ।

यसअघि अस्ट्रेलियाली समाचार संस्था एबीसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै मानिसको मृत शरीर रहेको हुनसक्ने बताएको थियो ।

रोयल पपुवा न्यू गिनी कान्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, “मैले एंगामा देखेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक हिंसा हो ।

एबीसी न्युजका अनुसार सन् २०२३ मा ६० जनाभन्दा बढीको ज्यान लिने आदिवासी समुदायको लडाइँ यही जनजातिसँग सम्बन्धित रहेको बुझिएको छ ।

बढ्दो जनजातीय द्वन्द्व नियन्त्रणका लागि एंगा प्रान्तमा सन् २०२२ मा केही महिनाका लागि लकडाउन गरिएको थियो ।

सम्बन्धित खबर