बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि दुईवटा प्यानलबाट पूरै सेट १९–१९ जना र एकजना स्वतन्त्र उम्मेदवार गरी ३९ जनाले मनोनयन दर्ता गरेका छन् ।
आज भएको मनोनयन दर्ताको समयमा स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक व्यावसायिक प्यानलबाट सबै पदमा उम्मेदवारी दिइएको छ । सदस्य पदमा समिल राईले मात्र स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
स्वतन्त्र व्यावसायिक प्यानलको नेतृत्व गर्दै वर्तमान महासचिव अर्जुनकुमार मैनालीले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् । सो प्यानलको वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई र महासचिवमा कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै, उद्योग सचिवमा बलबहादुर लिम्बू (विशन), वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेदवारी दर्ता गरेका छन् ।
खुला सदस्यहरुमा चन्द्रा भट्टराई, शत्रुघनपूसाद गुप्ता (रौनियार), कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, अमिर खान, महिला सदस्यमा रिता चौधरी र सुष्मा उप्रेतीको उम्मेदवारी दर्ता भएको छ ।
अर्कोतर्फ लोकतान्त्रिक गठबन्धनबाट वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपक मित्तल र सहकोषाध्यक्ष पदमा तिलोत्तमा खत्री उम्मेदवार बनेका छन् ।
खुला सदस्यहरुमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा शाह गुप्ताले उम्मेदावारी दिएका छन् ।
दुईवटा प्यानलको सेट मनोनयन दर्ता भइरहँदा स्टिल तथा अल्मुनियम फर्निचर व्यवसायी समिल राईले खुला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनीसहित आसन्न चुनावका लागि ३९ जनाको मनोनयन दर्ता भएको हो ।
फागुन १४ गतेका लागि निर्धारित निर्वाचनमा विर्तामोड उद्योग व्यवसायी संघका पाँच हजार ६६१ सदस्यहरु मतदाता छन् । विउवाका १२ जना पूर्व अध्यक्षहरु पनि निर्वाचनमा स्वतः मतदाता रहने व्यवस्था छ ।