जनकपुरधाम । जनमतको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको प्रदेश सभा बैठक पुनः सुरु भएको छ ।
माघ ७ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयमा भएको घटनाको जवाफ मुख्यमन्त्रीले दिनु पर्ने माग गर्दै अवरुद्ध गरेपछि सदन बैठक अवरुद्ध गरेको थियो ।
१० मिनेटपछि सुरु भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने र अर्को बैठकमा घटनाका विषयमा जवाफ दिने बताए । उनले सबै दल तथा सांसदसंग विश्वासको मत मागेका छन् ।
सप्तरीमा सीके राउतको निर्वाचन क्षेत्रमा पर्ने मधेश कृषि विश्वविद्यालयको भवनको शिलान्यास जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बोलाइएकामा जनमत पार्टीले बिरोध जनाएको थियो ।
माघ ९ गते जनमत पार्टीले मधेश सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । सरकारलाई समर्थन गरेको पार्टीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।