२०८१ पौष २७, शनिवार , ०३:०२:०६ बजे

Sajhamanch
'

पाकिस्तान निर्वाचनः पूर्व प्रधानमन्त्री नवाजको पार्टीलाई अग्रता

शुक्रवार, माघ २६, २०८०

काठमाडौँ । पाकिस्तानमा भएको आम निर्वाचनको मतगणना जारी छ। बिहीवार भएको राष्ट्रिय सभा र विधानसभा निर्वाचनको मतगणना बिहीवार अबेर रातिबाट सुरु भएको हो।

बीबीसीका अनुसार हालसम्म गणना गरिएको मत अनुसार पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्त्वको पाकिस्तान मुस्लिम लीग नवाजको अग्रता देखिएको छ।

पाकिस्तान चुनाव आयोगका अनुसार पूर्व प्रधानमन्त्री एवं पीएमएल–एन का अध्यक्ष शहबाज शरीफ लाहोरको एनए–१२३ सिटमाथि ६३ हजार ९५३ मतका साथ विजयी भएका छन्।

त्यस्तै पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीके इन्साफ ९पीटीआई० ले निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ।

पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार मतगणनाको सुरुवाती परिणाम अनुसार चार सिटमा भने पीटीआइ उम्मेदवारले जित हात पारेका छन्।

सुस्त गतिमा भइरहेको मतगणना अनुसार नवाज शरिफको पार्टीले अग्रता लिइरहेको हुँदा उनी नै सत्तामा आउने आँकलन पनि सुरु भएको छ।

पाकिस्तान चुनाव आयोगका अनुसार राष्ट्रिय सभाको ३३६ सिटमध्ये आज २६६ सिटका लागि मतदान भएको छ। निर्वाचनमा २र२ जना यौनिक तथा अल्पसङ्ख्यक समुदायका उम्मेदवारसहित ५ हजार १ सय २१ जना उम्मेदवार चुनावी मैदानमा छन्।

निर्वाचनमा १२ करोड ८५ लाख मतदाताले भाग लिएको तथा १६७ राजनीतिक दल वा स्वतन्त्रले भाग लिएक छन्।

मतदानका लागि देशभर ९० हजार ५८२ मतदान केन्द्र निर्धारण गरिएको थियो भने मतदानको क्रममा देशभरको इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको थियो।

इमरान खान पदबाट अपदस्थ भएको २ वर्ष पछि निर्वाचन भएको हो।

सम्बन्धित खबर