२०८१ मंसिर १५, शनिवार , ०४:२३:४३ बजे

Sajhamanch
'

आदिवासी रंगशाला निर्माणको काम पुनः शुरु

बिहिवार, माघ २५, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजँंगीमा रहेको आदिवासी रंगशालाको निर्माण कार्य पुनः शुरु भएको छ । रंगशालामा परिसरमा संक्षिप्त कार्यक्रमको आयोजना गरी निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको हो ।

रंगशालाको अध्यक्षसमेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आदिवासी रंगशालाको कामले अब गति लिने विश्वास व्यक्त गरे । उनले यो रंगशाला कमल कै गहना भएकाले यसको विकासमा सबैजना एक भएर लाग्नुको विकल्प नभएको औल्याए ।

स्थानीय आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले रंगशाला निर्माणको अगुवाई गरिआएको छ । विक्रम सम्बत् २०६६ सालमा त्यहाँ बर्षोदेखिको आदिवासी, जनजातिको पितृको चिहान भत्काएर आदिवासी रंगशाला निर्माण गर्न स्थानीय स्तरमा सहमति भएको थियो । तर पछिल्ला केही वर्षदेखि रंगशालाको नाममा विवाद बढेपछि रंगशालामा सरकारी बजेट प्राप्त हुन नसक्दा निर्माण कार्य रोकिएको थियो ।

रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद मार्फत चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट प्राप्त भएको र सोहस् बजेट कार्यान्वयन गर्न रंगशालाको काम थालिएको हो । बजेटमध्ये डिपीआर अनुसारको उपभोक्ता मार्फत रंगशालाको प्रारिम्भक चरणका थप कामहरु शुरु गरिएको हो ।

यसवर्ष रंगशाला निर्माणका लागि परिषदको ७६ लाख ९२ हजार ६९२ रुपैयाँ र उपभोक्ताको ८ लाख ५४ हजार ६९२ रुपैयाँ गरी ८५ लाख ४६ हजार ९२८ रुपैयाँको बजेटबाट ३इइ मिटर कम्पाउण्ड वाल निर्माण गरिने जनाइएको छ ।

रंगशाला निर्माणको लागि राखेपसँग यसअघि नै रंगशाला समितिले सम्झौता गरिसकेको रंगशाला निर्माण उपभोक्ता समितिले जनाएको छ ।

सम्बन्धित खबर