२०८१ पौष २४, बुधवार , ०४:२०:३९ बजे

Sajhamanch
'

पश्चिमी वायुको आंशिक प्रभाव, वर्षाको सम्भावना कति ?

बुधवार, माघ २४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुनेछ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा डेढदेखि दुई सयमिटर माथिका क्षेत्रमा आज तुसारो पनि परेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायु कमजोर हुँदा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । पश्चिमी वायु कमजोर हुँदा वर्षा हुने सम्भावना पनि कमजोर भएको मौसमविद् आर्यालले बताए ।

सम्बन्धित खबर