२०८१ पौष २८, आइतवार , ०१:४०:०५ बजे

Sajhamanch
'

चिलीको जंगलमा डढेलो : ५१ जनाको मृत्यु, आपतकाल घोषणा

आइतवार, माघ २१, २०८०

काठमाडौं । दक्षिण अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोले कम्तीमा ५१ जनाको ज्यान गएको बताइएको छ । आगो नियन्त्रणमा नआएका कारण मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरूले संघर्ष गरिरहेको बताइएको छ ।

१० लाख जनसंख्या रहेको मध्य चिलीको भाल्पराइसोका विभिन्न क्षेत्रमा आगो फैलिएको छ ।

अग्नि नियन्त्रकहरूले हेलिकोप्टर र ट्रकमार्फत आगो निभाउने प्रयास गरिरहेका छन् ।

चिलीले सन् २०१० को भूकम्पयताकै ठूलो विपद्को सामना गरिरहेको बताएको छ । उक्त भूकम्पमा ५०० जनाको ज्यान गएको थियो ।

चिलीका राष्ट्रपति गेब्रियल बोरिकले राष्ट्रलाई सम्बोधन गर्दै स्थिति निकै जटिल भएको बताएका छन् ।

भीषण आगलागीसँग लड्न उनले देशमा आपतकालीन अवस्थाको घोषणा गरेको अल्जजिराले उल्लेख गरेको छ ।

शनिबारसम्म आगो ४३ हजार हेक्टर क्षेत्रफलमा फैलिएको बताइएको छ । बढ्दो जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना गरिहेको देशका रूपमा चिली पनि पर्छ ।

सम्बन्धित खबर