![](https://sajhamanch.com/wp-content/uploads/2024/02/nt49179_chile-forest-fire_625x300_04_February_24_yrGDy6bTLd.jpg)
काठमाण्डौ । चिलीमा फैलिएको डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ । केही दिन अघिदेखि अनियन्त्रित बनेको डढेलो बस्तीमा पुग्दा दुई सय भन्दा धेरै घरहरु जलेर नष्ट भएका र कम्तीमा ४६ जनाको जलेर ज्यान गएको चिलीका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
डढेलो ४० हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । डढेलको कारण ठूलो क्षेत्रको वन नष्ट हुनुको साथै कैयौँ वन्यजन्तु तथा पक्षी मरेका बीबीसीको खबरमा उल्लेख छ । बढ्दो तापक्रम र तीव्र गतिको बतासका कारण डढेलो नियन्त्रणमा समस्या भैरहेको चिलीका अधिकारीहरुले बताएका छन्।