२०८१ पौष २५, बिहिवार , ११:५६:३६ बजे

Sajhamanch
'

कहाँको तापक्रम कति?

सोमवार, माघ १५, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज न्यूनतम तापक्रम केही बढेको छ । आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस थियो । काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम २.१ डिग्री सेल्सियस नै भएको महाशाखाले जानकारी गराएको छ ।

महाशाखाका अनुसार, सोमबार जुम्लाको न्यूनतम तापक्रम –४.५, डडेलधुराको २.७, दिपायलको २.९, काठमाडौंको ३.०, वीरेन्द्रनगरको ३.३, सिमराको ३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

आइतबार जुम्लाको न्यूनतम तापक्रम –४.९ डिग्री सेल्सियस थियो ।

सम्बन्धित खबर