२०८१ पौष २४, बुधवार , १२:४४:३१ बजे

Sajhamanch
'

आज यो वर्षकै हालसम्मको न्यून तापक्रम, अझै बढ्छ चिसो ?

शनिवार, माघ १३, २०८०

काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको छ । बिहान ८ :४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम
बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।

काठमाडौंको तापक्रम थप घट्ने सम्भावनालाई नकार्न नसकिने मौसमविद् मीनकुमार अर्याल बताउँछन् । “अझै तापक्रम घट्ने सम्भावना पनि हुन्छ । तर यसका लागि कुनै नयाँ प्रणाली विकास हुनुपर्छ । कतैबाट चिसो हावा आउनुपर्छ,” मौसमविद् अर्यालले भने, “पानी पर्यो भने पनि चिसो बढ्ने सम्भावना रहन्छ ।”

कति हो नेपालको हालसम्मकै न्यूनतम तापक्रम ?
आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.३ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ । दीपायलमा २.४ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

सम्बन्धित खबर