२०८१ माघ १५, मङ्गलवार , ०९:५०:५७ बजे

Sajhamanch
'

एनएमसीमा बचत तथा ऋण व्यवसायको अर्धवार्षिक समीक्षा सुरु

शुक्रवार, माघ १२, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को मुख्य कारोबार बचत तथा ऋण व्यवसायको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ ।

आज शुक्रबार कनकाई रतुवा क्षेत्र (क)बाट सुरु भएको अर्धवार्षिक समीक्षा बैठक माघ १९ गतेसम्म क्षेत्रीयस्तरमा सञ्चालन हुने व्यवसाय प्रमुख मनिष कोइरालाले जनाएका छन् ।

समीक्षा बैठकमा व्यवसाय प्रमुख कोइरालाले समग्र संस्थाको बचत तथा ऋण कारोबार, क्षेत्रीय स्तरको कारोबार र सम्बन्धित क्षेत्र अन्तरगतका सेवा केन्द्रहरुको कारोबारको समीक्षात्मक विवरण प्रस्तुत गरेका थिए ।

यसैगरी डिजिटल बैंकिङ विभाग प्रमुख आविस्कार बस्नेतले वित्तीय कारोबारमा डिजिटल प्रविधिको प्रयोगबाट भइरहेको प्रगतिसहित अप्ठ्यारा र चुनौतिहरुका बारेमा समीक्षा सुनाएका थिए ।

एनएमसी सञ्चालक समितिका सचिव एवम् कनकाई रतुवा क्षेत्र (क) समन्वय समितिका संयोजक विकासप्रसाद उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्चालक समितिका सदस्य सावित्रा दाहालले शाब्दिक स्वागत गरेकी थिइन् ।

संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी, निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकाल लगायत नेतृत्वहरुको विशेष उपस्थितिमा आयोजित समीक्षा बैठकमा सो क्षेत्रका सबै सेवा केन्द्रका प्रमुखहरुले कार्यालयका उपलब्धी एवम् अप्ठ्याराहरुलाई मसिनो गरी प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर