२०८२ साउन ११, आइतवार , ०९:५३:५९ बजे

Sajhamanch
'

गगनको मेची–काली संवाद यात्रा भोलि शनिबार भद्रपुरबाट सुरु हुँदै

शुक्रवार, माघ १२, २०८०

झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलि माघ १३ गतेदेखि भद्रपुरबाट संवाद यात्रा सुरु गर्ने भएका छन् । शनिबार बिहान मेची भन्सार कार्यालय परिसर भद्रपुरबाट महामन्त्री थापाले यात्रा आरम्भ गर्ने जनाइएको हो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलि माघ १३ गतेदेखि काँकरभिट्टाबाट संवाद यात्रा सुरु गर्ने भएका छन् । शनिबार बिहान मेची भन्सार कार्यालय परिसरबाट महामन्त्री थापाले यात्रा आरम्भ गर्ने जनाइएको हो ।

समुदायमा कांग्रेस अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको छ ।

पार्टीका कार्यकर्ताहरूमात्र होइन जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेको बताइएको छ । संवाद यात्रा नाम दिइएको सो भेटमा एकोहोरो जनताका कुरामात्र सुन्ने तर आफ्ना कुरा नभन्ने गगनको तयारी छ ।

कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार माघ १२ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन हुँदैछ । सोही सन्दर्भमा महामन्त्री थापाले संवाद यात्रा थालनी गर्न लागेका हुन् ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

सम्बन्धित खबर