काठमाडौं । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताएका छन् ।
पूर्वी सहर खार्किभमा तीनजनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा प्रहार गरेको थियो । मध्य युक्रेनको पाभ्लोहराद सहरमा एकजनाको र किभमा अर्का एकजनाको मृत्यु भएको थियो ।
किभमा १८ जना घाइते भएका छन् । जसमा १३ जना अस्पतालमा भर्ना भएका छन् । युक्रेनी वायुसेनाले रुसले आक्रमणमा १५ क्रुज मिसाइल र १२ ब्यालिस्टिक मिसाइलसहित ४१ मिसाइल प्रयोग गरेको बताएको छ ।
एयर डिफेन्सले सबै क्रुज मिसाइल, पाँच ब्यालेस्टिक मिसाइल र एउटा गाइडेड एभिएसन मिसाइल खसालेको बताएको छ । हवाई आक्रमणले युक्रेनमा रुसले एक महिनाभन्दा कम अवधिमा चौथो ठूलो हमला गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।