२०८१ मंसिर १३, बिहिवार , ०७:४६:२७ बजे

Sajhamanch
'

चीनमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो, ४७ बेपत्ता

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको स्थानीय अधिकारीले मंगलबार बिहान जानकारी दिएका छन् ।

झाओटोङ सहरको लिआङ्शान गाउँमा सोमबार बिहान ६ बजे पहिरो खस्दा ४७ जना बेपत्ता भएका छन् । सोमबार राति १० बजेसम्म ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

घटनास्थलमा एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य गरिरहेका छन् । विज्ञ समूहको प्रारम्भिक अनुसन्धानमा ढलानमाथिको ठाडो भीरको क्षेत्रमा पहिरो खसेका कारण विपद् भएको देखिएको छ

सम्बन्धित खबर