२०८२ जेठ १७, शनिवार , ०९:२५:२५ बजे

Sajhamanch
'

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) गएराति १२ बजेदेखि लागु भएको भएको छ ।

सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बाह्रखरीसँग बताए ।

यो अवधिमा उमेदवारका पक्षरविपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।

राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

सम्बन्धित खबर