काठमाडौं । अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्समा सवार चारजनाको जिवितै उद्धार गरिएको छ । जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार थिए ।
थप दुईजनाको बारेमा जानकारी नआएको बताइएको छ । मस्को जाँदै गरेको एयर एम्बुलेन्स कुफ अब जिल्लामा फेला परेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
मोरक्कोमा दर्ता भएको डेसाल्ट फाल्कन (डीएफ–१०)विमान एयर एम्बुलेन्सको रूपमा सञ्चालन भइरहेको थियो । उक्त विमान थाइल्यान्डबाट मस्को जाँदै थियो ।
अधिकारीहरूका अनुसार उक्त विमान इन्धन भर्न भारतको गया एयरपोर्टमा रोकिएको थियो ।
गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार साँझ ४ः०२ बजे विमान उडेको थियो ।
रुसी नागरिक उड्डयन अधिकारीहरूले चालक दलका चार सदस्य र दुई यात्रुसहित विमान बेपत्ता भएको बताएका थिए ।