२०८२ जेठ १८, आइतवार , १०:०३:३५ बजे

Sajhamanch
'

‘रिसर्च पेपर’ तयार गर्न एक लाख २५ हजारसम्म अनुदान दिँदै बोर्ड

आइतवार, माघ ७, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तीन तहका निम्ति शोधपत्र (रिसर्च पेपर) तयार पार्न अनुदान दिने भएको छ । बोर्डले स्नातकोत्तर, एमफिल र पीएचडीका निम्ति क्रमशः ७५ हजार, एक लाख र एक लाख २५ हजार रुपैयाँ अनुदान दिन लागेको हो ।

शोधपत्र माध्यमिक तहको परीक्षा सुधार, मूल्यांकन र गुणस्तर मापन, नतिजा विश्लेषण एवं परीक्षासँग सम्बन्धित कुनै पनि विषयमा हुुनुपर्नेछ ।

आवेदक स्नातकोत्तरको हकमा दोस्रो सेमेस्टर पास गरेको, एमफिलमा पहिलो सेमेस्टर पास गरेको र पीएचडीमा रजिस्ट्रेसन भइसकेको नेपाली नागरिक हुनुपर्नेछ ।

आवेदन दिने म्याद आउँदो फागुन १५ गतेसम्म रहेको बोर्डले जनाएको छ ।

सम्बन्धित खबर