२०८१ मंसिर १४, शुक्रवार , ०७:१२:४३ बजे

Sajhamanch
'

गाजा द्वन्द्वले विश्वकै सुरक्षालाई खतरामा पार्छ : जोर्डन

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजापट्टीमा इजरायलको आक्रमणले विश्वकै सुरक्षालाई खतरामा पार्ने बताएका छन् । राजधानी अम्मानमा ग्रीसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँगको भेटमा सफादीले यस्तो टिप्पणी गरेका हुन् ।

दुई देशका मन्त्रीहरूले छलफलका क्रममा गाजाको विकास, द्वन्द्व रोक्न प्रयास र ‘स्ट्रिप’मा मानवीय प्रकोपमा ध्यानकेन्द्रित गरेका थिए ।

बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सफादीले गाजामा शत्रुताको तत्काल अन्त्य गर्न र स्ट्रिपलाई आवश्यक सबै सहयोग पु¥याउन प्रभावकारी संयन्त्र अपनाउन आह्वान गरे ।

ग्रीक मन्त्रीले जोर्डन सो क्षेत्रको प्रमुख देश भएको बताए । प्यालेस्टाइन मुद्दाको दिगो समाधान खोज्न पूर्वसर्तका साथ जोर्डनले भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे । उनीहरूले इजरायल–हमास द्वन्द्वको अन्त्य चाँडै हुनुपर्ने बताए ।

सम्बन्धित खबर