२०८१ पौष २८, आइतवार , ०९:१३:०० बजे

Sajhamanch
'

त्रिविको इन्जिनियिरिङमा २५ प्रतिशत सिट खाली

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुमा मंगलबार ९२ माघ० देखि स्नातक तहको पढाइ सुरु हुँदैछ ।

शुल्क विवादका कारण लामो समयसम्म प्रवेश परीक्षा सञ्चालन नहुँदा यस वर्ष इन्जिनियरिङको पढाइ ढिला गरी सुरु हुन लागेको हो ।

प्रवेश परीक्षा र भर्ना समय सकिँदासम्म त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका क्याम्पसहरुले सिट अनुसार विद्यार्थी भने पाउन सकेका छैनन् । पछिल्ला वर्षमा खाली हुने सिट संख्या पनि बढ्दै गएको संस्थानका अधिकारीहरु बताउँछन् ।

सोमबारसम्म संस्थानले सार्वजनिक गरेको भर्ना विवरण अनुसार कलेजहरुमा रहेको सिट संख्यामध्ये समग्रमा २५.२० प्रतिशत सिट संख्या खाली छ ।

कतिसम्म भने कुनै समय भर्नाका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने पुल्चोक, थापाथली जस्ता इन्जिनियरिङ क्याम्पसमा समेत सिटअनुसार विद्यार्थी भर्ना भएका छैनन् ।

विवरण अनुसार पुलचोक क्याम्पस लगायत पाँच आंगिक क्याम्पसमा क्याम्पसमा औसतमा ९० प्रतिशत भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । सम्बन्धन लिएर सञ्चालन भएका निजी कलेजमा भने निकै कम विद्यार्थी भर्ना भएका छन् । संस्थानले सार्वजनिक गरेको भर्ना अनुसार विवरण अनुसार चार हजार ३४४ सिट संख्यामध्ये एक हजार ९५ सिट खाली छ ।

पुल्चोक क्याम्पसमा १६ वटा कार्यक्रममा ६२४ सिट संख्या छ, जसमध्ये २ वटा सिट खाली छ । सिभिल इन्जिनियर रेगुलर ९छात्रवृत्तितर्फ० १ र केमिकल इन्जिनियर पूर्ण शुल्कतर्फ १ सिट खाली छ ।

थापाथली क्याम्पसको १४ वटा कार्यक्रमको ४३२ सिटमध्ये २१ वटा सिट खाली छ । इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङको १२ सिटमध्ये रेगुलर (छात्रवृत्ति तर्फ) कार्यक्रममा १ सिट, मेकानिकल इन्जिनियरिङ कार्यक्रमको ३६ सिट मध्ये पूर्ण शुल्क तर्फ १ सिट, इन्डस्ट्रियल इन्जिनियरिङ ३६ सिट मध्ये पूर्ण शुल्कीयतर्फ ५ सिट खाली छ ।

त्यस्तै अटोमोबाइल इन्जिनियरिङको ३६ सिटमध्ये पूर्ण शुल्कतर्फ १३ वटा सिट, सिभिल इन्जिनियरिङको १०८ सिट संख्यामध्ये पूर्ण शुल्कतर्फ १ सिट खाली रहेको विवरण इन्जिनियरिङ अध्ययन संस्थानले सार्वजनिक गरेको छ ।

पश्चिमाञ्चल क्याम्पसमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङको १२ सिटमध्ये नियमित (छात्रवृत्ति) तर्फ १ सिट, अटोमोबाइल इन्जिनियरिङको १२ सिटमध्ये नियमित (छात्रवृत्ति) तर्फ १ सिट, सिभिल इन्जिनियरिङको ३६ मध्ये नियमिततर्फ २ सिट खाली रहेको छ ।

इलेक्ट्रिकल इन्जिनियरिङतर्फ पूर्ण शुल्कको ९ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङको पूर्ण शुल्क तर्फ २ सिट, मेकानिकल इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ३ सिट, जियोमेटिक्स इन्जिनियरिङ पूर्ण शूल्कतर्फ ८ सिट, अटोमोबाइल इन्जिनियरिङतर्फ ३६ सिटमध्ये ३२ खाली रहेको छ ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको इलेक्ट्रिकल इन्जिनियरिङ नियमिततर्फ १ सिट, एग्रिकल्चर इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ३६ मध्ये ३१ सिट, मेकानिकल इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ७२ मध्ये ३४, सिभिल इन्जिनियर पूर्ण शुल्कतर्फ १ सिट खाली रहेको छ ।

आंगिक क्याम्पसमा कक्षा सुरु भएको एक हप्तापछि एक पटक पुनः भर्ना आह्वान गर्ने संस्थानका सहायक डीन प्रा।डा।सुशील बज्राचार्यले बताए ।

काठमाण्डु इन्जिनियरिङ कलेजमा आर्किटेक्चरमा ४८ मध्ये ९ सिट, इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ सिटमध्ये ३३ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये ५४ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङतर्फ ९६ मध्ये ५१ सिट खाली छ ।

कान्तिपुर इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङतर्फ ९६ मध्ये ७६ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ९६ मा सबकै सिट, कम्प्युटर इन्जिनियरिङमा ९६ मध्ये २३ सिट रिक्त छ ।

सगरमाथा इन्जिनियरिङ कलेजमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ मध्ये २८ सिट खाली छ । एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्टमा इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ मध्ये ४७ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये ३८ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ९६ मध्ये ६० सिट खाली रहेको छ ।

हिमालय कलेज अफ इन्जिनियरिङमा आर्किटेक्चरमा ४८ मध्ये २३ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ मध्ये ३७ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये ५४ सिट खाली रहेको छ ।

त्यस्तै नेसनल कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ मध्ये २५ सिट खाली छ भने ललितपुर इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङमा ४८ मध्ये २० सिट, कम्प्युटर इन्जिनियरिङको ४८ मध्ये ९ सिट खाली छ ।

काथफोर्ड इन्जिनियरिङमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ मध्ये ३२ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये ५६ सिट खाली छ ।

जनकपुर इन्जिनियरिङ कलेजमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ सिटमा सबै खाली, कम्प्युटर इन्जिनियरिङमा ४८ सिटमा ३१ सिट, र सिभिल इन्जिनियरिङमा ९६ मध्ये ८१ सिट खाली रहेको छ ।

ख्वप कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ मध्ये १५ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये १ सिट खाली रहेको छ ।

निजी कलेजमा पछिल्ला केही वर्षयता १० प्रतिशत सिट रिक्त देखिए पनि यस पटक केही बढेको सहायक डिन बज्राचार्यले बताए ।

सम्बन्धित खबर