झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ भागुडुब्बा क्षेत्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै मिष्ठान्न भोजन गराएको छ ।
प्रतिनिधि सभाका सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा बाह्रदशी गाउँपालिकाका १०० जनाभन्दा धेरै ज्येष्ठ नागरिकलाई एक-एक थान ब्लान्केट वितरण गरिएको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित सो विशेष कार्यक्रममा प्रदेश सांसद निमसरी राजवंशीको विशिष्ठ आतिथ्य रहेको थियो । सो कार्यक्रमका आमन्त्रित अतिथिहरुलाई शाब्दिक स्वागत गर्दै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणका विषयमा प्रकाश पारेका थिए ।