२०८१ कार्तिक १, बिहिवार , ०६:५४:३५ बजे

Sajhamanch
'

बैंगलोरको एआई कम्पनीकी सीईओले गरिन् चार वर्षीय छोराको हत्या

शुक्रवार, पौष २७, २०८०

काठमााडौं । भारतको बैंगलोरस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीकी सीईओले चार वर्षीय छोराको हत्या गरेकी छन् ।

द माइन्डफुल एआई ल्याब कम्पनीकी सीईओ सूचना सेठले गोवाको एक होटेलको कोठामा आफ्नो छोराको हत्या गरेको बताइएको छ ।

छोराको ज्यान लिनुअघि उनले आफ्ना टाढिएका आफ्ना श्रीमानलाई भेट्न सकिन्छ कि भनेर म्यासेज पठाएकी थिइन् ।

३९ वर्षीया सूचना सेठले जनवरी ६ मा सम्बन्धबाट टाढिएका पति वेंकटरमण पीआरलाई भोलिपल्ट छोरालाई भेट्न सक्छौ भनेर म्यासेज गरेकी थिइन् ।

उनले सूचनाको म्यासेजको जवाफ दिएको र छोरालाई भेट्न आउन भनिएको ठाउँमा दुई घन्टा पर्खिएको बताइएको छ । तर सूचनाले भने जनवरी ६ मा गोवाका लागि टिकट काटिसकेको र भेट्ने योजनामा नरहेको बताइएको छ ।

वेंकटरमणले सूचनालाई फोन र म्यासेज गरको तर जवाफ नपाएपछि उनी आफ्नो कामले इन्डोनेसिया गएका थिए ।

सूचनाले आफ्ना साथी र परिवारलाई छोराले उनलाई आफ्नो पतिको अनुहारको सम्झना गराउने भन्ने गरेकी थिइन् ।

सूचनाले छोरालाई कपडा वा सिरानीले छोपेर हत्या गरेको बताइएको छ । उनलाई ८ जनवरीमा प्रहरीले पकाउ गरेको बताइएको छ ।

सम्बन्धित खबर