२०८१ पौष २५, बिहिवार , ०८:२२:४० बजे

Sajhamanch
'

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न सतर्क रहन आग्रह

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

न्यून भिजिविलिटी हुने भएकाले सवारी साधान चलाउन समसय हुने गरेको छ । हवाई सेवामा बिहानको समयमा विमान उडान तथा अवतरण न्यून भिजिविलिटी हुँदा प्रभावित हुन्छ ।

विभागले चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

सम्बन्धित खबर