२०८१ असोज ४, शुक्रवार , ०९:३०:५५ बजे

Sajhamanch
'

रूसी फौजमा गएका प्यूठानका एक युवकको मृत्यु

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । रूसी फौजमा गएका प्यूठानका एक युवकको मृत्यु भएको छ। प्यूठान नगरपालिका–४ काठेवरका सोनु सुनार (सोमेश) को मृत्यु भएको उपप्रमुख देवेन्द्र बर्माले जानकारी दिए।

सोनुसँगै रूसी फौजमा गएकाले उनको मृत्युको खबर पठाएको बर्माले बताएका छन्।
‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं ४ काठेवर निवासी सोमेश सुनारको युक्रेन–रूस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छु। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्छु,’ उपप्रमुख बर्माले सामाजिक सञ्जालमा लेखेका छन्।

सोनु वैदेशिक रोजगारीका लागि कतार गएको वडाध्यक्ष रेशमबहादुर कार्कीले बताए।

‘उहाँ वैदेशिक रोजगारीका लागि कतार जानुभएको खुलेको छ। परिवारमा छोराछोरी, श्रीमती र आमा हुनुहुन्छ। बुवा पनि रोजगारी गर्ने क्रममा भारत नै बस्नुहुँदो रहेछ। उहाँ भोलि आउँदै हुनुहुन्छ भन्ने जानकारी छ,’ उनले भने, ‘रूसमै रहेका साथीमार्फत् हामीले थाहा पाएका हौं। सरकारीतर्फबाट यसको पुष्टि हुन बाँकी छ,’ कार्कीले भने।

सम्बन्धित खबर