२०८१ माघ २५, शुक्रवार , ०८:४७:४१ बजे

Sajhamanch
'

इक्वेडरको जेलबाट ३९ कैदी फरार

बुधवार, पौष २५, २०८०

इक्वेडर । इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा सहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदी सुरक्षा घेरा तोडेर फरार भएका छन् ।

रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दंगापछि विस्फोट भएको र केही कैदीहरू भाग्न सफल भएको बताए ।

उनले भने, “कारागारको सुरक्षा घेरा तोडेर ३९ कैदी भागेका छन् । मैले प्राप्त गरेको जानकारीअनुसार फरारमध्ये १२ जनालाई पुनः कब्जामा लिइएको छ ।”

प्रहरी विवरणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार राति १०ः४५ बजे जेलको सेन्ट्री बक्सबाट कैदीहरू भागेका थिए ।

फरार हुनेमा ‘लस लोबोस’ आपराधिक संगठनसँग सम्बन्धित कुख्यात अपराधी फेब्रिसियो कोलोन पिको पनि छन् । पिकोविरूद्ध महान्यायाधिवक्ता डायना सालाजारविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएको छ ।

अधिकारीहरूले उनलाई अर्को जेलमा स्थानान्तरण गर्ने योजना बनाइरहेका बेला कोलोन भाग्न सफल भएका हुन् ।

रियोबाम्बामा भएको घटनापछि इक्वेडरका विभिन्न जेलमा दंगा भड्किनुका साथै सोमबार राति र मंगलबार बिहानै देशका विभिन्न सहरमा विस्फोटक पदार्थ र प्रहरी अधिकारीहरूको अपहरण भएको थियो ।

सरकारले हिंसा बढेपछि आपराधिक गतिविधि रोक्नका लागि रात्रिकालीन कर्फ्युसहित ६० दिनको आपतकालीन अवस्था घोषणा गरेको छ ।

सम्बन्धित खबर