२०८१ मंसिर १४, शुक्रवार , ०३:३४:४१ बजे

Sajhamanch
'

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट : पाँच प्रहरीको मृत्यु, १४ घाइते

सोमवार, पौष २३, २०८०

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार प्रहरीको गाडीनजिकै बम विस्फोट भएको छ । विस्फोटमा पाँच प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् ।

प्रदेशको बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी विस्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निसाना बनाइएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै, उद्धार टोलीसहित प्रहरीको ठूलो टोली सो क्षेत्रमा पुगेको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हालेर वरपरका क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । विस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

सम्बन्धित खबर