२०८१ पौष २९, सोमवार , ०१:२२:१४ बजे

Sajhamanch
'

विद्यालय शिक्षा विधेयकमा ‘मुन्धुम’ समेटिनुपर्ने माग

सोमवार, पौष २३, २०८०

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ‘मुन्धुम’ शिक्षा पाठ्यक्रममा समेट्न सरोकारवालाहरूले माग गरेका छन् ।

सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा किराँत सम्बद्ध संघ संस्थाहरूले यस्तो माग राखेका हुन् ।

किराँत धर्मावलम्बीहरूको ग्रन्थशास्त्रको रूपमा रहेको मुन्धुम शिक्षालाई छुट्टै दरबन्दीको व्यवस्था गरी समेट्नुपर्ने किराँत राई यायोख्याका कार्यवाहक अध्यक्ष जनक राइले बताए ।

त्यस्तै, मातृभाषाको रूपमा पढाइ हुने विषयका लागि पनि छुट्टै शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । चाडपर्व खर्चबापत जातिय र धार्मिक आधारमा पर्वकै महिनामा चाडपर्व भत्ता दिने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।

सम्बन्धित खबर