२०८१ असोज ४, शुक्रवार , ०१:५८:४६ बजे

Sajhamanch
'

‘एनिमल’ टिमलाई नेपाली वितरकले दिए सगरमाथा बेसक्याम्पमा ब्रेकफास्टको निम्तो

सोमवार, पौष २३, २०८०

काठमाडौं । फिल्म ‘एनिमल’को बक्स अफिस सफलता मनाउन शनिबार बेलुका मुम्बईमा भव्य ‘सक्सेस पार्टी’को आयोजना गरियो । जहाँ फिल्मको कास्ट एण्ड क्रिउसहित अन्तर्राष्ट्रिय वितरक र प्रदर्शक सहभागी रहे ।

रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना, तृप्ति डिमरी, बबी देओल, निर्देशक सन्दीप रेड्डी भांगा, निर्माताहरु भूषण कुमार, अनिल थडानीलगायत पार्टीमा सहभागी रहे । आलिया भट्ट, महेश भट्ट, नीतु कपुर पनि आकर्षणको केन्द्र बने ।फिल्मका नेपाल वितरक नीरज पौडेल पनि एनिमलको पार्टीमा सहभागी थिए । फिल्मको कास्ट एण्ड क्रिउसँग फोटो खिचाएर उनले पार्टीको माहोल दर्शाएका छन् । उक्त अवसरमा नीरजले फिल्मका निर्माता भूषण कुमार, अनिल थडानी, निर्देशक भांगा, कलाकारहरु रणवीर, बबी देओल, रश्मिका मन्दाना, अनिल कपुर लगायतलाई नेपाल भ्रमणको निम्तो दिए ।

आफूले एनिमल टोलीलाई सगरमाथा आधार शिविरमा ब्रेकफास्टको निम्तो दिएको जानकारी दिंदै पौडेलले आउँदो फिल्मको छायांकनको समेत आउन आग्रह गरेको अनलाइनखबरलाई बताए । ‘एभरेस्टमा ब्रेकफास्टसँगै फिल्मको सुटिङ गर्न आउन आग्रह गरेको छु । उहाँहरु आउन उत्साहित हुनुहुन्छ । हामीले सुटिङमा सघाउन तयार छौं भन्यौं,’ नीरजले भने । उनीहरुले नेपालबाट एनिमलको राम्रो प्रतिक्रिया आएकोमा खुसी समेत साटेका थिए । ‘ए रेटेड फिल्म र त्यसमा पनि बिदा नभएको दिनमा रिलिज भएपनि नेपालबाट राम्रो प्रतिक्रिया आयो र कमाइ गर्‍यो । हामी खुसी छौं,’ निर्माता भूषण कुमारको भनाइ उध्दृत गर्दै पौडेलले मुम्बईबाट भने ।

गत डिसेम्बर १ मा रिलिज भएको ‘एनिमल’ले नेपालमा समेत उत्कृष्ट कमाइ गरेको थियो ।

सम्बन्धित खबर