विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आज नियुक्त भएका रूपेश कोइरालाले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले कोइरालालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए ।
मोरङको विराटनगर महानगरपालिका–९ निवासी अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार हुन् ।