२०८२ साउन ९, शुक्रवार , ०८:१०:३० बजे

Sajhamanch
'

शनिबार झापामा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

आइतवार, पौष २२, २०८०

भद्रपुर। शनिबार साँझ भद्रपुर नगरपालिका वडा नं. ४ स्थित झिलिमिली पूलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।

हिजो शनिबार साँझ उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ९६०७ नम्बरको मोसाइकल पूलको साइड पिलरमा ठोक्किंएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल सवार दवैजना घाइते भई उपचारार्थ अस्पताल लगिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार सोही स्थानका २८ वर्षीय लेखनाथ दाहाल घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर ल्याइएकोमा यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी हस्पिटल बिर्तामोड पठाएको थियो ।

घाइतेहरुको उपचारको क्रममा आज बिहान लेखनाथ दाहालको मृत्यु भएको अस्पताल प्रसाशनले जनाएको छ । मोटरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

शनिबार नै साँझ झापाको बिर्तामोड–२ चारपाने चोकमा पनि अर्को दुर्घटनामा परेर कनकाई ८ का तोयानाथ उप्रेतीको मृत्यु भएको थियो । उनको मोटरसाइकलमा सवार दुईजनाको उपचार भइरहेको छ ।