२०८१ मंसिर ९, आइतवार , ०३:५९:२९ बजे

Sajhamanch
'

तराईमा हुस्सु र कुहिरो, हिमाली भू–भागमा हिमपातको सम्भावना

आइतवार, पौष २२, २०८०

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।कोसी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

सम्बन्धित खबर

आजको मौसम
आइतवार, मंसिर ९, २०८१
आजको मौसम
शनिवार, मंसिर ८, २०८१