२०८१ माघ १३, आइतवार , ०७:३१:५७ बजे

Sajhamanch
'

देवी माविको मिनी म्यारथनमा स्काई र सुस्मिता बने च्याम्पियन

मङ्गलवार, पौष १७, २०८०

बिर्तामोड । देवी माविद्वारा आयोजित ११ किलोमिटर दूरीको मिनी म्याराथनको उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् ।

मिक्लाजुङ ३ पाँचथरका स्काई लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।

त्यस्तै, भद्रपुर २ की सुस्मिता राईले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिला तर्फ च्याम्पियन बनिन् ।

उपाधिसँगै लिम्बू र राईले समान २१ हजार नगद, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै, पुरुषतर्फका धावक फिदिम १० पाँचथरका मुक्साम लिम्बूले ३९ मिनेट १३ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हाँसिल गरे । शिवसताक्षी ३ का समिर कन्दङवाले ४० मिनेट दौड पूरा गर्दै तेस्रो स्थान हाँसिल गरे ।

दोस्रो भएका लिम्बूले १५ हजार, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएका कन्दङवाले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिलातर्फ बुद्धशान्ति ५ की सरिता दनुवारले निर्धारित दूरी ५८ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै दोस्रो र अर्जुनधारा ११ की सिमना जवेगूले निर्धारित दूरी १ घण्टा १ मिनेट १३ सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हाँसिल गरिन् ।

दोस्रो भएकी दनुवारले १५ हजार, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएकी जवेगूले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछिन् ।

विजेताहरुलाई पुस १९ गते विद्यालयमा हुने वार्षिकोत्सवको कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा महिला तथा पुरुष गरी १३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।

बिर्तामोडको देवी माध्यमिकले आफ्नो ६१ औँ वार्षिकोत्सवको अवसरमा मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

सम्बन्धित खबर