
शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध प्रदर्शन गरिएको छ । शिवसताक्षीको दूधेमा राष्ट्रिय स्वतन्त्र पार्टी शिवसताक्षीले सरकारले दुई जना युवाहरुको हत्या गरेको भन्द सरकार विरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।
स्वतन्त्र पार्टीले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला माला लगाइदिएका छन् । सरकारले ग्वार्को बालकुमारीमा इपिएस परीक्षाकालागि पुगेका विरेन्द्र शाह र सुजन राउतलाई सरकारले गोली हानी हत्या गरेको भन्दै त्यसको विरोध गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक तुलसी खनालले बताए ।
अहिलेको सरकार काण्डै काण्डमा रुमलिएको छ । भष्ट्रचारीहरुलाई जोगाउन उद्धत देखिएकाले प्रधानमन्त्री र गृह मन्त्रीले राजीनामा दिएर बाटो खाली गरिदनु पर्ने संयोजक खनाले बताए । सरकारले रोजगारी दिनुको सट्टा युवाहरुको हत्या गरेर उनीहरुको मूल्य तोक्छ यस्तो कायरता पना भएकाहरु सरकारमा किन बस्ने, अब उहाँहरुले राजीनामा दिए हुन्छ । उनले भने, हामी प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला बनाएर माला लगाइदिएका छौ । उहाँहरुको पुत्लालाई हामी मेची कटाउँछौ ।
सरकार विरुद्धको प्रर्दशन राष्ट्रिय स्वतन्त्र पार्टीले देश भरी आयोजना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी शिवसताक्षीले जनाएको छ ।
शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका गाडीमा आगजनी गरेका थिए ।
युवाहरुको प्रदर्शन रोक्ने क्रममा प्रहरी चलाएको गोलीबाट दुई युवाहरुको मृत्यु भएको थियो ।