भद्रपुर । रूद्र गौरी अम्बिका प्रतिष्ठानले भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका ५० जना छात्रछात्रालाई जाडोको न्यानो कपडासहित जुत्तामोजा प्रदान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको नेतृत्वमा प्रतिष्ठानले अति विपन्न ५० जना विद्यार्थीलाई जाडोबाट बचाउन न्यानो कपडासहित जुत्तामोजा प्रदान गरेको हो ।
वीरेन्द्र माविका प्रधानाध्यापक खिलाराज कोइरालाको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी लगायतको उपस्थिति रहेको थियो ।