२०८१ मंसिर १४, शुक्रवार , ०७:१४:४२ बजे

Sajhamanch
'

इन्स्टाग्राममा १० करोड फलोअर्स पाउने पहिलो एसियाली सेलिब्रिटी बनिन् ब्ल्याकपिंककी लिसा

शनिवार, पौष १४, २०८०

विश्वचर्चित के–पप ब्याण्ड ब्ल्याकपिंकको क्रेज नेपालमा समेत छ । ब्याण्ड मेम्बर लिसालाई पछ्याउने नेपाली तन्नेरीको संख्या पनि धेरै छ । यस्तोमा लिसालाई लिएर नयाँ खबर छ ।

ब्याण्डकी कान्छी सदस्य लिसालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या १० करोड (१०० मिलियन) पुगेको छ । के–पपको इतिहासमा कुनै सेलिब्रिटीलाई सर्वाधिक पछ्याइएको यो पहिलो घटना हो ।लिसाको नामले चिनिने ललिसा मनोबल थाई र्‍यापर, गायिका र नर्तक हुन् । उनी दक्षिण कोरियाली युवती ब्याण्ड समूह ब्ल्याकपिंक सदस्यको रुपमा उनले प्रसिद्धिमा पुगिन् । उनले अगस्ट २०१६ मा वाइजी इन्टरटेनमेन्टको ब्यानरमा डेब्यु गरेकी थिइन् ।

डेब्युदेखि नै लिसाले आफ्ना ब्ल्याकपिंकका सदस्यसँगै संगीतको गतिशील संसारमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । डिसेम्बर २५ मा लिसाले इन्स्टाग्राममा १० करोड फलोअर्स कमाउने उपलब्धि हासिल गरिन् ।यो उपलब्धिले लिसालाई यो कीर्तिमान रच्ने पहिलो के–पप कलाकारको रूपमा मात्र स्थापित गर्दैन, बरु यो लोकप्रियता हासिल गर्ने पहिलो एसियाली महिलाको रुपमा पनि चिनाउँछ । यसको अतिरिक्त लिसा इन्स्टाग्राममा १०० मिलियन भन्दा बढी फलोअर कमाउने पहिलो थाई सेलिब्रिटी पनि बनिन् ।

यो उपलब्धिले विश्वव्यापी सनसनीको रूपमा लिसाको स्थितिलाई मात्र होइन, के–पपको व्यापक अपीललाई पनि दर्शाउँछ । सन् २०२३ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले लिसालाई के–पपको प्रभावशाली कलाकारको रुपमा समेत मान्यता दिएको थियो ।सन् २०२३ मा लिसाको सफलता सामाजिक सञ्जालको चर्चाभन्दा धेरै पर छन् । एक ब्याण्डको रुपमा यस वर्ष ब्ल्याकपिंकले स्पोटीफाइमा सर्वाधिक स्ट्रिमिङ हुने कीर्तिमान समेत रच्यो ।यसका अतिरिक्त लिसाको एकल गीत ‘ललिसा’ले स्पोटीफाइमा एक बिलियनपटक स्ट्रिमिङ प्राप्त गर्ने एकल कलाकारको कीर्तिमान समेत रच्यो ।

सम्बन्धित खबर