२०८२ असार १, आइतवार , ०१:३५:५३ बजे

Sajhamanch
'

बालकुमारीमा तनाव : प्रहरीको गोली लागेर एकजनाकोे मृत्यु

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि किस्ट अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा एकजना घाइते भएका छन् ।

विभिन्न माग राख्दै केहीदिन यता ईपीएस कार्यालयमा युवाहरूले निरन्तर प्रदर्शन गर्दै आएका थिए । शुक्रबारको प्रदर्शनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केहिबेर अश्रुग्यास र हवाई फायर गरेको थियो ।

सम्बन्धित खबर