काठमाडौं । गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघेको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले गाजापट्टीमा इजरायली आक्रमणबाट २१ हजार ११० जनाको मृत्यु र ५५ हजार २४३ मानिस घाइते भएका जानकारी दिए ।
पछिल्लो २४ घण्टामा इजरायली हमलामा परी १९५ जनाको मृत्यु भएको उनले बताए । यो अवधिमा ३२५ जना घाइते भएका र अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए ।
यसैबीच, प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले गाजापट्टीमा इजरायलको निरन्तर सैन्य कारबाहीका कारण नयाँ वर्षका सबै उत्सव रद्द गर्ने बुधबार घोषणा गरेका छन् ।