२०८२ भदौ २९, आइतवार , ०३:३३:४४ बजे

Sajhamanch
'

अफगानिस्तानमा पोलियो अभियान

बुधवार, पौष ११, २०८०

काठमाडौँ । अफगानिस्तानमा पोलियोविरुद्धको अभियान सुरु भएको छ। अफगानिस्तान जनस्वास्थ्य मन्त्रालयका अनुसार सोमवारबाट सुरु भएको पोलियो अभियान भोलिसम्म चल्ने छ।

अभियानसँगै पाँच वर्ष मुनिका झन्डै ८८ लाख बालबालिकालाई अपाङ्ग बनाउने रोगविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ।

पूर्वाञ्चलमा भने खोप अभियान सात दिनसम्म चल्ने र ४२ जिल्लामा १० वर्षमुनिका बालबालिकालाई पोलियोबिरुद्धको खोप दिइने मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबर